(मिति : २०८२-०८-१४ गते)
विषयः प्रि-डिप्लोमा तह सिभिल इन्जिनियरिङ (Building Construction) औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship)
कार्यक्रमको प्रवेश परिक्षाको
नतिजा प्रकासन गरिएको सम्वन्धमा ।
उपरोक्त सम्बन्धमा यस शिक्षालयमा यसै शैक्षिक सत्र २०८२/०८३
मा प्रि- डिप्लोमा इन सिभिल इन्जिनियरिङ
(Building Construction) औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा
अध्ययनको लागि आवेदन फाराम भरेका विद्यार्थीहरुको मिति २०८२।०८।१४ गते अन्तरवार्ता
संचालन गरिएकोमा अन्तरवार्ता दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ । सफल
विद्यार्थीहरुले मिति २०८२।०८।२१ गते भित्रमा तपसिल अनुसारका आवश्यक कागजातहरु
सहित भर्ना हुनको लागि सूचित गरिन्छ । विस्तृत जानकारीको लागि यस शिक्षालयमा
सम्पर्क गरी जानकारी लिनु हुन समेत अनुरोध छ ।
भर्ना हुदा पेश
गर्नुपर्ने आवश्यक कागजातहरुः
१) ३ प्रति पासपोर्ट साईजको फोटो
२) एस.एल.सी वा एस.ई.ई को मार्कसिटको प्रतिलिपी
२ प्रति
३) नागरिकता वा जन्म दर्ता प्रमाणपत्र प्रतिलिपी
२ प्रति
४) प्रवेश परिक्षाको सक्कल प्रवेश पत्र