(मिति : २०८२-०६-२४, शुक्रबार)
निःशुल्क भर्ना खुल्यो । निःशुल्क भर्ना खुल्यो ।। निःशुल्क भर्ना खुल्यो ।।।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) र पोखरा महानगरपालिकाको साझेदारीमा संचालित यस गण्डकी बहुप्राविधिक शिक्षालयमा सामाजिक विकास, यूवा तथा खेलकूद मन्त्रालय, गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२/८३ का लागि प्रि- डिप्लोमा तहका २४ महिने सिभिल इन्जीनियरिङ (Building Construction) र प्रारम्भिक बाल विकास सहजीकरण (ECDF) औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रमका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूले आवेदन फाराम भर्न यो सूचना प्रकाशित गरिएको छ |
१.
आवश्यक योग्यताः
क) SEE वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षाका
सम्पूर्ण विषयको परीक्षामा सहभागी भएको,
ख. तालिम लिन इच्छुक व्यक्ति सम्बन्धित तालिम/प्रशिक्षणका
लागि मानसिक र शारीरिक रूपमा सक्षम रहेको,
ग)
कम्तिमा १६ वर्ष पूरा भएको नेपाली नागरिक,
घ) दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेसी, दुर्गम क्षेत्र र विपन्नका हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र
२. औद्योधिक प्रशिक्षार्थी (Apprentice)
ले पाउने सुविधाः
क) निःशुल्क अध्ययनको अवसर ।
ख) यातायात खर्च बापत प्रति प्रशिक्षाथी प्रति हाजिरी दिन रू. १००।- दरले उपलब्ध गराईने,
३. आवेदन फाराम साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरूः
क) स्पष्ट मुखाकृति देखिने
हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) को २ प्रति
फोटो ।
ख) SEE वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षाका सम्पुर्ण विषयको
परीक्षामा सहभागी भएको
लब्धांकपत्र/प्रमाणपत्रको
प्रमाणित प्रतिलिपि ।
ग) नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपि ।
४. छनोट प्रक्रियाः
क) सीट संख्या : सिभिल इन्जीनियरिङ - २०
जना, प्रारम्भिक बाल विकास सहजीकरण (ECDF) - २० जना |
ख) आवेदन फाराम भर्ने मितिः २०८२ असोज २६ गते देखि २०८२ कात्तिक २८ गतेसम्म
ग) आवेदन फाराम पाउने र बुझाउने स्थानः गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा-२९, भण्डारढिक |
ङ) अन्तर्वार्ता हुने मिति र समयः
२०८२ मंसिर १ गते सोमबार, बिहान ९:०० बजे देखि
च) अन्तर्वार्ता संचालन हुने केन्द्रः गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा-२९, भण्डारढिक |
शैक्षिक
प्रशासन,
गण्डकी बहुप्राविधिक शिक्षालय
1. Pre-diploma Level Apprenticeship Entrance Notice
2. Apprenticeship Nirdeshika Final