प्रवेश परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा |बिषय : प्रवेश परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा |
उपरोक्त सम्बन्धमा यस शिक्षालयमा यसै शैक्षिक सत्र २०७९/२०८० मा डिप्लोमा इन सिभिल इन्जिनियरिंग ,अटोमोवाईल इन्जिनियरिंग ,जियोम्याटिक्स इन्जिनियरिंग र फरेस्ट्री कार्यक्रममा अध्ययनका लागि फाराम भरेका बिद्यार्थीहरुको मिति २०७९-०५-१७ गते संचालित प्रवेश परिक्षा संचालन गरिएकोमा प्रवेश परिक्षामा सहभागी बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ |सफल बिद्यार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन २०७९-०५-२५ गते भित्रमा तपशिल अनुसारका कागजातहरु सहित भर्ना शुल्क बुझाइ भर्ना हुनको लागि सुचित गरिन्छ |थप जानकारीको लागि यस शिक्षालयमा सम्पर्क गरी जानकारी लिनुहुन समेत जानकारी गराइन्छ |
भर्ना हुदा पेश गर्नुपर्ने कागजात
१) पासपोर्ट साइजको फोटो - ३ प्रति
२) शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू - २ प्रति
३) नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि - २ प्रति
४) प्रवेश परीक्षा प्रवेश पत्रको प्रतिलिपि - २ प्रति