भर्ना फारमको लागी यहा क्लिक गर्नुहोस् |
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको
साझेदारीमा
पोखरा महानगरपालिकाद्वारा संचालित
गण्डकी बहुप्राविधिक शिक्षालय (Gandaki polytechnic
Institute),
भण्डारढिक,कास्कीको
शैक्षिक सत्र २०७८/२०७९ मा डिप्लोमा इन सिभिल तथा अटोमोवाइल इन्जिनियरिंग भर्ना आवेदन सम्बन्धि सुचना
सिट संख्या
डिप्लोमा इन
सिभिल इन्जिनियरिंग ४८ जना
डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिंग २४ जना
डिप्लोमा इन जियोम्याटिक इन्जिनियरिंग २४ जना
विद्युतीय
माध्यमबाट फर्म भर्ने तरिका
१ www.pokharagpi.edu.np वेवसाइटबाट फाराम डाउनलोड गर्न सक्नुहुन्छ |( खुल्ला कोटा ,लक्षित वर्ग ,तथा pre-diploma/TSLC/TSEE कोटाको लागि फरक फरक फाराम उपलब्ध छन वा गुगल फर्म माफत आवेदन दिन सकिनेछ |
२) फारम डाउनलोड गरेर प्रिन्ट गर्नुहोस ,प्रिन्ट गरेको फारममा
हस्तलिखित फाराम भरि (35*45 mm) साइजको फोटो
टास्नुहोस र हस्ताक्षर गर्नुहोस |
३) भरेको फारामलाई 300 dpi मा स्क्यान गरि आवश्यक सम्पूर्ण कागजात संग्लग्न गरि [email protected] मा मेल गर्नुहोस |
पुनश्च : जनप्रकाश मावि भण्डारढिक संगै रहेको गण्डकी बहुप्राविधिक शिक्षालयको कार्यालयबाट फर्म लिन वा बुझाउन सक्नुहुनेछ |
फारम
बुझाउने अन्तिम मिति : २०७९/०४/२६
दिनको ४ बजे सम्म
सम्पर्क मिति :२०७९/०४/२७ गते
फारम
साथ संग्लग्न गर्नुपर्ने कागजातहरु
फारम साथ संग्लग्न गर्नुपर्ने कागजातहरु
१. एसइइ/एसएलसी
परिक्षा उत्तिर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपी - १ (एक) प्रति ।
२. सम्बन्धित
विद्यालयको चारित्रिक प्रमाणपत्र र स्थानान्तरण–पत्र प्रतिलिपी - १ (एक) प्रति
३. नेपाली नागरिकता प्रमाणपत्र वा नावालक प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी - १ (एक) प्रति ।
४. प्रवेश परिक्षमा सम्मिलित हुने विद्यार्थीको हालसालै खिचेको दुवै कान देखिने पासपोर्ट साइज (३५×४५ mm) को रंगीन फोटो २ (दुई) प्रति संलग्न गर्नु पर्नेछ ।
५. पूर्ण शुल्किय लक्षित वर्ग कोटामा फारम भर्ने विद्यार्थीले सम्वन्धित लक्षित वर्ग प्रमाणित गर्ने कागजात संलग्न गर्नु पर्ने छ ।
६. पुर्ण शुल्किय आवेदन फारम दस्तुर रु १५००। मात्र इसेवा मार्फत बुझाएको रसिद अथवा बैकमा बुझाइएको भौचर (स्क्यान ) एक प्रति
बैक खाता बिवरण
Kamana Sewa Bikas Bank, Lekhnath Branch
Account Name: Gandaki
bahuprabidhik shikshalaya
Account Number: 01200300348184000001
Branch: Lekhnath
७. प्रवेश परीक्षाको फारामसाथ पेश गरेको प्रमाणपत्रहरुमा परीक्षार्थीले स्वयमले प्रमाणित गर्नुपर्ने छ ।
८. उपरोक्त्त
बमोजिमको कागजात पेश नगर्ने परीक्षार्थीको फारम रद्द हुनेछ ।
थप जानकारीको लागी सम्पर्क ९८५६०३६७३३ ,९८४६३९२८७०
,९८४६२१९४३३, ९८४६९४०१८४, ०६१–५६००९७
Email:[email protected]