×
Home
Downloads
Contact Us
Flash News
News
गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा मन्टेश्वरी तालिम समापन

प्राबिधिक शिक्षा तथा व्यवसायिक परिषद् (CTEVT) र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ECD फ्यासिलेटर ECD मन्टेश्वरी कन्सेप्ट भिजनमा सञ्चालित ३ महिने तालिम अन्तर्गत चार समूहको तालिम एक कार्यक्रमका बीच समापन गरिएको छ।

अघिल्लो आ.व मा सञ्चालन भएका तीन महिने तालिमहरु कोभिड १९ को कारणले गर्दा निर्धारित समयमा सम्पन्न हुन सकेका थिएनन् । चार समुहमा गरि जम्मा ८० सहभागी रहेका तालिम समापन कार्यक्रममा सहभागीलाई ECD फ्यासिलेटर ECD मन्टेश्वरी कन्सेप्ट लेबल एक तहको प्रमाणपत्र वितरण गरिएको थियो।

मन्टेश्वरी तालिमको माध्यमबाट सिकाईको क्रममा बालमनोविज्ञान बुझि शिक्षण गर्न योग्य र दक्ष प्रशिक्षक उत्पादन भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले आगामी दिनमा सिप सिकेर स्वरोजगार बन्ने खालका कार्यक्रम अगाडि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्थानीय सरकार भएकाले आफ्नो जिम्मेवारी प्रति पूर्ण उत्तरदायि रहेको बताउँदै सिप सिकी सकेपछि स्वरोजगार बन्न चाहनेहरुको लागि महानगरपालिकाले सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै सि.टि.ई.भि.टि गण्डकी प्रदेशका कार्यालय प्रमुख प्रमोद आचार्यले तालिम तालिमका लागि मात्र नभई सिप विकास गर्ने एक माध्यम बन्नुपर्ने बताएका थिए । गण्डकी प्रदेश सरकार र स्थानीय सरकार मार्फत् सिप लिएका व्यक्तिहरुलाई रोजगार बनाउनका लागि कार्यक्रमहरु अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।

तालिमबाट सिप सिकेका ५० प्रतिशत भन्दा बढी प्रशिक्षार्थीलाई तत्कालै रोजगारीको व्यवस्था गर्न सकिने कुरा तालिम प्रशिक्षक मिलन के.सि ले बताउनु भयो  ।

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं गण्डकी बहुप्राविधिक शिक्षालयका सञ्चालक सदस्य चेत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले गरेका थिए भने स्वागत मन्तव्य पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले गरेका थिए ।

पोखरा महानगर पालिकाद्धारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले आ.व. २०७७/०७८ मा मन्टेश्वरी, सहायक सूचीकर, प्लम्बीन्यंग, सहायक ब्युटीसियन, कम्युटर हार्डवयर, मेसन गरी  छुट्टा छुट्टै एघार समूहका छोटो अवधिको तालिम सञ्चालन गरेको थियो ।

तालिम समापन कार्यक्रमका तस्बिरहरु

May be an image of 1 person, standing and indoor

गण्डकी बहुप्राबिधिक शिक्षालय, निर्देशक लक्ष्मण तिमिल्सिना

May be an image of 1 person and standing

सि.टि.ई.भि.टि गण्डकी प्रदेशका कार्यालय प्रमुख प्रमोद आचार्य

May be an image of 1 person and standing

May be an image of 1 person, standing and indoor

नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मा



20 November 2021