×
Home
Downloads
Contact Us
Flash News
Frequently asked questions
Faqs
  • उत्तरः

    यहाँ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ्ग, डिप्लोमा इन जियोम्याट्रीक्स इन्जिनियरिङ्ग तथा डिप्लोमा इन फरेस्ट्री बिषयहरु पढाई हुन्छन् ।

  • उत्तरः


    यहाँ पढाई हुने डिप्लोमा  इन इन्जिनियरिङ्गका सबै  बिषयहरुको तीन बर्षको फि निम्न अनुसार रहेको छ । 

    १. डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग :- १९५००० 

    २. डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ्ग :- १२५०००

    ३. डिप्लोमा इन जियोम्याट्रीक्स इन्जिनियरिङ्ग :- १२५०००

    ४. डिप्लोमा इन फरेस्ट्री :- १२५०००


  • उत्तरः
    डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग :- ४८ जना 
    डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ्ग :- ४८ जना 
    डिप्लोमा इन जियोम्याट्रीक्स इन्जिनियरिङ्ग :- ४८ जना 
    डिप्लोमा इन फरेस्ट्री :- ४०

  • उत्तर:

    यहाँ पढाई हुने डिप्लोमा  इन इन्जिनियरिङ्गका कुनै पनि बिषयमा भर्ना हुन एसइइमा बिज्ञान र गणितमा न्यूनतम C ग्रेड तथा अंग्रेजीमा न्यूनतम D+ ग्रेड प्राप्त गरेकाे हुनु पर्छ । कक्षा १० मा एसएलसी गर्नेहरुको हकमा एसएलसी परिक्षा उतिर्ण गरेको हुनु पर्ने छ । प्राविधिक एसएलसी/TSLC गर्नेहरुको हकमा डिप्लोमामा सम्बन्धित बिषय अध्ययन गर्न अनिवार्य गणित, बिज्ञान र अंग्रेजी बिषय पढेको तथा कुल प्राप्तांकमा ६८.३३% प्रतिशत अंक प्राप्त गरी उतिर्ण गरेको हुनु पर्ने छ । प्राविधिक धारमा SEE दिनेहरुको हकमा सम्बन्धित बिषयमा 1.6 GPA प्राप्त गरेको हुनु पर्ने छ , अन्य कार्यक्रममा भर्ना हुन चाहेमा अन्य कार्यक्रमको भर्ना मापदण्ड बमोजिम नै शैक्षिक योग्यता प्राप्त गरेको हुनु पर्ने छ ।

  • उत्तर: 
    विद्यार्थीले भर्ना आवेदन फारम पोलिटेक्निकमा उपस्थित भएर अथवा यसै वेवसाइटमा भएको अनलाइन फारम मार्फत हस्तलिखित फारम पठाएर भर्ना आवेदन फारम भर्न सक्छन् । जुनै माध्यमबाट फारम भर्दा फारामको साथमा निम्न बमोजिमका कागजातहरु संलग्न गर्नु पर्छ:
    • एसइइ/एसएलसी परीक्षा  उतिर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपी १ (एक ) प्रति ।
    • सम्बन्धित विद्यालयको चारित्रिक प्रमाणपत्र र स्थानान्तरण–पत्र प्रतिलिपी १ (एक) प्रति ।
    • नेपाली नागरिकता प्रमाणपत्र वा नावालक प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी १ (एक) प्रति ।
    • बिद्यार्थीको हालसालै खिचेको दुवै कान देखिने पासपोर्ट साईज (35x45mm)को रंगीन फोटो २ (दुई ) प्रति ।
    • पूर्ण शुल्किय लक्षित वर्ग कोटामा फारम भर्ने बिद्यार्थीले सम्वन्धित लक्षित वर्ग प्रमाणित गर्ने कागजात संलग्न गर्नु पर्ने छ ।
    • पुर्ण शुल्किय भर्ना फारम दस्तुर रु. ८००।– बुझाएको रसिद संलग्न गर्नु पर्नेछ ।
    • आवेदन फारम शुल्क तल दिइएको खाता नम्बरमा जम्मा गर्नु पर्नेछ । बैंक खातामा अनलाइन मार्फत eSewa, Prabhu Pay, IME Pay, Khalti र  ConnectIPS बाटसमेत रकम जम्मा गर्न सकिनेछ ।
    भौचरमा सम्बन्धित बिद्यार्थीको नाम, भर्ना हुन चाहेको कार्यक्रमको नाम र बिद्यार्थीको फोन नम्वर अनिवार्य लेख्नु पर्नेछ ।
              KAMANA SEWA BIKASH BANK, DANDAKO NAKH Branch
              Account Name: GANDAKI BAHUPRABIDHIK SHIKSHALAYA
              Account Number: 01200300348184000001
    1. प्रवेश परीक्षाको फारामसाथ पेश गरेको प्रमाणपत्रहरुमा परीक्षार्थीले स्वयम्ले प्रमाणीत गर्नुपर्नेछ ।
    1. उपरोक्त बमोजीमको कागजात पेश नगर्ने परीक्षार्थीको फारम रद्द हुनेछ ।


  • उत्तरः

    यहाँ बिद्यार्थी भर्ना कोटा निम्न अनुसार छुट्याइएको छ ।

    ४८ सिट भएको सिभिल, फरेस्ट्री, जियोमेट्रीक र  अटोमोवाइल लागि

    1.   ४ जना – बर्गिकृत छात्रवृत्ति कोटा (सिटिइभिटीमा गएर फारम भर्नु पर्ने र अलग्गै प्रवेश परिक्षा हुने )
    2.   ४४ जना पूर्ण शुल्किय मध्ये

    लक्षित वर्ग/अरक्षण काेटा  – ६ जना

         -    महिला    - २ जना

         -    दलित     - १ जना

        -   पिछडिएको बर्ग  - १ जना

        -  द्धन्द पिडीत/शहिद परिवार जनआन्दोन घाइते - १ जना                                                 

    स्थानीय अरक्षण काेटा  -   १८ जना

         -    पोखरा महानगरपालीका (पुर्ण शुल्कीय)    - १२ जना

         -    पोखरा महानगरपालीका शिक्षक/कर्मचारी सन्तती (पुर्ण शुल्कीय)     -  १ जना

        -   कास्की जिल्ला (पुर्ण शुल्कीय)  - १ जना

        -  द्धन्द पिडीत/शहिद परिवार जनआन्दोन घाइते - १ जना    

    छात्रवृत्ती काेटा  -   १० जना

         -   वर्गीकृत छात्रवृत्ती    - ४ जना (सिटिइभिटीमा गएर फारम भर्नु पर्ने र अलग्गै प्रवेश परिक्षा हुने )

         -    जेहेन्दार छात्रवृत्ती     -  १ जना

        -   पोखरा महानगर छात्रवृत्ती  - ३ जना

        -  पोखरा महानगर शिक्षक/ कर्मचारी सन्तती छात्रवृत्ती - १ जना   

        -  स्थानीय शिक्षालय केन्द्र छात्रवृत्ती कोटा - १ जना

    अन्य काेटा  -   १४ जना

         -   TSLC       - ४ जना

         -    खुल्ला     -  १० जना

        

                


  • उत्तर: 

    • पिछडिएको दुर्गम क्षेत्रको हकमाः पिछडिएको दुर्गम क्षेत्र हकमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगु, र हुम्ला जिल्लाबाटनै न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा स्थायी बसोबास गरेको स्थानीय पञ्जीकाधिकारीको कार्यालयले जारी गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • दलितकोे हकमा: दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको अनुसूची– ३ अनुसारका जातीहरु र उक्त सूचीकृत भएको जाती भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/पालिका कार्यालय वाट प्रमाणित गरिएको पत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • आदिवासी जनजातीको हकमा: आदिवासी जनजातीको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन बमोजिम सूचीकृत भएको अनुसूची–४ अनुसारका जातीहरु र उक्त सूचीकृत भएको जाती भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ पालिका कार्यालयबाट प्रमाणित गरिएको आदिवासी जनजाति प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • मधेशी/मुसलमानको हकमा: मधेशी/मुसलमानको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/पालिका कार्यालयबाट प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • वेपत्ता पारिएका ⁄ सहिद परिवार तथा घाइते वा निजको परिवारको हकमाः विक्रम सम्बत २०६२/०६३ को जनआन्दोलन, जनयुद्घ, मधेश आन्दोलन लगायत मुलुक भित्र भएका सवै आन्दोलनको क्रममा बेपत्ता पारिएका व्यक्ति तथा सहिद परिवार/जन–आन्दोलन घाइते परिवार/द्वन्दपिडित/विस्थापित हो भनी सम्वन्धित जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्र र नाता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • अपाङ्गकोे हकमा: अपाङ्गकोे हकमा सम्बन्धित निकायले जारी गरेको अपाङ्ग परिचयपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • पूर्व कमैया/हलियाकोे हकमा: पूर्व कमैया/हलियाको हकमा सम्बन्धित जिल्लाका भुमी सुधार कार्यालयले जारी गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • विपन्न वर्गकोे हकमा: विपन्न वर्गको हकमा सम्बन्धित पालिका कार्यालयले प्रमाणित गरिदिएको पत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।
    • एकल महिलाको हकमा: एकल महिलाको हकमा स्थानिय पञ्जिकाधिकारी कार्यालयले जारीगरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।

  • उत्तर

     १. गन्र्धर्व (गाइने ) ८. कलर   १५. डोम  २२. मेस्तर
     २. परियार ९. ककैहिया   १६. तत्मा २३. सरभङ्ग
     ३. बादी १०. कोरी १७. दुसाध  २४. नटुवा
     ४. विश्वकर्मा  ११. खटिक  १८. धोवी  २५. ढाँडी
     ५. मिजार  १२. खत्वे  १९. पासी  २६. धरिकर
     ६. पोडे   १३. चमार  २०. बाँतर 
    ७. च्यामे १४. चिडिमार २१. मुसहर 


    उपरोक्त बमोजिमको जात तथा थर स्पस्ट नखुलेको दलितको हकमा जिल्ला प्रशासन कार्यालय/सम्बन्धित पालिका कार्यालयबाट प्रमाणीत गरेको प्रमाणपत्रको प्रतिलिपी फारम साथ संलग्न गर्नु पर्नेछ ।

  • उत्तर:

    अनुसुची-४ बमोजिम आदिवासी जनजाती वर्गमा सूचीकृत जात–जातीहरुको विवरण

    क समूह  ख समूह ग समूहघ समूह ङ समूह 
     १. राउटे                   १. माझी               १. सुुनुवार                १. मगर                         १. थकाली          
     २. कुसुण्डा     २. ल्होमी २. थारु  २. राई२. नेवार 
     ३. वनकिरिया   ३. थुदाम  ३. तामाङ  ३. लिम्बु 
     ४. सुरेल     ४. धानुक ४. भुजेल ४. गुरुङ्ग 
     ५. हायू  ५. झाँगड  ५. कुमाल  ५. बाह्गाउँले थकाली  
     ६. राजी  ६. चेपाङ  ६. राजवंशी  ६. मार्फाली थकाली 
     ७. किसान  ७. सतार   ७. गन्गाई  ७. छैरोतन 
    ८. लेप्चा   ८. थामी ८. धिमाल ८. शेर्पा 
    ९. मेचे ९. बोटे ९. भोटे ९. तांवे  
    १०.कुशबाडिया १०. दनुवार  १०. दराई१० तीनगाउँले थकाली 
     ११. सियार  ११. ताजपुरिया ११ याक्खा 
     १२. बरामु  १२. पहरी १२. छन्त्याल 
      १३. तोक्पेगोला१३. जिरेल 
       १४. डोल्पो १४ व्याँसी 
      १५. फ्रि १५ ह्योल्मो 
      १६. मुगाल   
      १७. लार्के   
      १८. वालुङ   
      १९. ल्होपा   
      २०. दुरा  


    उपरोक्त बमोजिमको जात तथा थर स्पस्ट नखुलेको आदिवासी जनजातिको हकमा जिल्ला प्रशासन कार्यालय /सम्बन्धित पालिका कार्यालयबाट प्रमाणीत गरेको प्रमाणपत्रको प्रतिलिपी फारम साथ
    संलग्न गर्नु पर्नेछ ।

  • उत्तर:

    कक्षा १० पास गरेर अध्ययन गर्न सकिने इन्जिनियरिङ्ग कोर्षलाई डिप्लोमा भनिन्छ । डिप्लोमा इन इन्जिनियरिङ्ग तीन बर्षको कोर्ष हुन्छ । यो कोर्ष गरेको व्यक्तिले सव-इन्जिनियरको रोजगार प्राप्त गर्न सक्छ ।