×
Home
Downloads
Contact Us
Flash News
News
...


पोखरा । जनसंख्या तथा वातावरण मन्त्रालय तथा USAIDअन्तर्गत संचालित USAID जलजंगल कृयाकलाप (Activities) को आयोजनामा पोखरा महानगरपालिका वडा नं.२९, स्थित गण्डकी बहुप्राविधिक शिक्षालयमा दुई दिने वातावरणीय तथा सामाजिक सुरक्षा तालिम (Environmental and Social Safeguard Training) मिति २०८१ र ०५ र २४ र २५ सम्पन्न भएको छ । 


सहप्रशिक्षक तथा सहजकर्ता इन्जिनियर पौडेलले परियोजना निर्माण कार्य र वातावतण बिचको अन्तरसम्बन्धका साथै सामाजिक सुरक्षाको महत्त्व बारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “कुनै पनि परियोजना संचालन तथा निर्माण गर्नु पुर्व वातावरणमा पार्न सक्ने
सकरात्मक र नकरात्मक प्रभावहरु परिचाहन गरि वातावरणीय प्रभाव मूल्यांकन गर्नु आवश्यक छ र यसका साथै निर्माण परियोजनाले स्थानीय समुदायमा पर्ने सामाजिक प्रभावलाई पनि ध्यान दिनु जरुरी छ ।” स्थानीय जनताको सहभागिता, पुनर्स्थापना, र उनीहरूको हित सुनिश्चित गर्नु दीर्घकालीन विकासको आधार हो भन्नेमा जोड दिदै प्रशिक्षण दिनुभयो ।

यस्ता तालिमहरुले हामी जस्ता इन्जिनियरीङ विद्यार्थीहरुलाई भविष्यमा विकास निर्माणका परियोजनाहरुमा कार्य गर्दै गर्दा वातावरणीय तथा सामाजिक सुरक्षा ख्यालमा राखी काम गर्न मद्दत पुग्ने त्यसै तालिमा सहभागी विद्यार्थी सरिस रानाभाटले जानकारी गराए । यसैविच,  तालिममा बोल्दै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले यस्तै प्रकारका कार्यक्रमहरु आवश्यक रहेको बताउदै कार्यक्रम फलदायी रहेको जानकारी गराउनुभएको थियो ।

उक्त तालिममा गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरीङ,अटोवाइल इन्जिनियरीङ बिषयमा अध्यनरत बिद्यार्थीहरु, प्रशिक्षकहरु, कर्मचारीहरु गरि ६० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।

13 September 2024