पोखरा-२९,
जेठ ११,
गण्डकी बहु-प्राबिधिक शिक्षालयको आयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टर स्तरीय फुटसल प्रतियोगिता पोखरा २६ स्थित ब्ल्याक होल (Black Hole) फुटसलमा सम्पन्न भयो | प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई नगद पुरस्कृत गरिने कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिएका छन |
प्रतियोगिता नकआउट चरणका आधारमा खेलाइएको थियो | जसमा अटोमोवाईल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह प्रथम भएको थियो भने दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूह दोस्रो भएको थियो | प्रतियोगितामा शिक्षालयका प्रशिक्षकहरुको समुह पनि सहभागी रहेको थियो |
शिक्षालयले बार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता र वक्तव्यकला प्रतियोगिता पनि संचालन गरिएको कुरा बताउदै शिक्षालयका प्रशिक्षक मनोज पौडेलले अध्ययन संगै विधार्थीलाई खेलकुद र स्वास्थ्य जीवनयापनको अन्तर सम्बन्ध बुझाउनको लागी समेत प्रतियोगीता सहयोगी हुने बिस्वास ब्यक्त गरेका छन | गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहका सिभिल, अटोमोवाईल इन्जीनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्य तर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र बन बिज्ञानका बिभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ |
थप जानकारीको आवश्यक भएमा सम्पर्कको लागी : सुमन चन्द्र सुबेदी, कार्यक्रम संयोजक ९८४६६२०३३३