
पोखरा, १९ बैशाख, २०८०
एसइइ (SEE) परिक्षा दिएर बसेका
बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क तीन
महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि आज शिक्षालयमा
प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ ।
व्यवहारिक शिक्षा र
रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद
सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय,संचालित छ । बिभिन्न प्राविधिक विषय अध्यापन सँगै सिइिभिटि(CTEVT) को पाठ्यक्रममा आधारित
लामो तथा छोटो अवधीका तालिमहरु यस शिक्षालयले प्रदान गरिरहेको छ ।
यसैविच, एसइइ दिएर बसेका बिद्यार्थीको फुर्सदको
समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले यसै वर्ष देखि कम्प्युटर तालिम संचालन
गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताउनुभयो । निर्देशक तिमिल्कासिनाका अनुसार, सिटिइभिटी को पाठ्यक्रम अन्तर्गत ३९० घण्टाको छोटो अवधी
तालिमका रुपमा यो कार्यक्रम ल्याइएको हो ।
यहि बैशाख २४ गते देखि
दैनिक रुपमा संचालन हुन लागेको उक्त तालिमका लागि बिद्यार्थी छनौट लगायतका संपुर्ण
प्रक्रियाहरु पुरा भइसकेको शिक्षालयले जनाएको छ । तालिमका लागि यहि महिनाको
शुरुवातमा आवेदन माग गरिएको थियो । तालिमका लागि डेढसय जनाले आवेदन दिएका थिए ।
उक्त आवेदनहरु मध्य, सिटिइभिटि तालिम योग्यता
मापदण्ड पुरा गरेका व्यक्तिहरु ६० जनालाइ तालिमका लागि छनौट गरिएको छ ।
तालिमका लागि आवेदनसँगै
जन्मदर्ता प्रमाणपत्र, एसइइ प्रवेशपत्र र वडाको
सिफारिस संकलन गरिएको थियो । छनौटमा परेका उक्त ६० जना प्रशिक्षार्थिहरुलाइ दैनिक
३ सिफ्टमा ४ जना प्रशिक्षकले तालिम दिनेछन् । यस्तो तालिम एसइइ लगत्तै हरेकवर्ष
संचालन गरिने पनि शिक्षालयले जनाएको छ।