×
Home
Downloads
Contact Us
Flash News
News
गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा १२ दिने मखमलको चप्पल बनाउने तालिम सम्पन्न |

प्राबिधिक शिक्षा तथा व्यवसायिक परिषद् (CTEVT) र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६० घन्टे मखमलको चप्पल बनाउने तालिम सम्पन्न बनाउने तालिम तालिम एक कार्यक्रमका बीच गण्डकी बहुप्राबिधिक शिक्षालयको सभा हलमा समापन गरिएको छ ।
तालिमको माध्यमबाट योग्य र दक्ष जनशक्ति उत्पादन भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि मंजुदेवी गुरुङले उपप्रमुख मंजु देवी गुरुङले सिप सिकेर दक्ष बनेको जनशक्तिलाई व्यवस्थापनको जिम्मेवारी महानगर हुने कुरा बताउनु भएको छ | हामीले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिएका छौ, पहिले तपाइले सिप सिक्नुस अनि कम्तिमा १० जनालाइ रोजगार दिन सक्ने गरि उद्योग संचालन गर्नुस सस्तो ब्याजदरमा ऋण हामीले उपलब्ध गराउने व्यवस्था गरेका छौ | समापन कार्यक्रममा बोल्दै उप प्रमुख गुरुङले महानगरले लक्षित वर्ग बिशेष बिबिध कार्यक्रम, कानुनि सचेतता कार्यक्रम लगाएतका विविध कार्यक्रम संचालन गरिरहेको बताउदै सहयोग आवश्यक भएका दिदि बहिनीहरुलाई महानगरपालिका, वडा कार्यालय महिला जनप्रतिनिधि समक्ष आफ्ना समस्या खुलेर भन्नको लागि आग्रह गर्नु भएको थियो | पोखरा महानगरपालिकाका वडा न. २९, का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ कार्यक्रममा बोल्दै पोखरा जनप्रतिनिधिको बनिसकेपछिको जिम्मेवारी प्रति पूर्ण उत्तरदायि रहेको बताउँदै सिप सिकी सकेपछि स्वरोजगार बन्न चाहनेहरुको लागि वडा न २९ को तर्फ बाट आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा पोखरा महानगर आर्थिक प्रशासन प्रमुख मनोहर कडोरिया, पोखरा बिश्वबिधालयहकि निर्देशक बिमला भट्टको बिशेष उपस्थिति रहेको थियो | 
पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल लगाएतको उपस्थितिमा सन्चालित कार्यक्रम  गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको  सञ्चालन गण्डकी बहुप्राविधिक शिक्षालयकाका प्रशिक्षक सरोज अधिकारीले ले गरेका थिए ।कार्यक्रमको स्वागत मन्तव्य तालिम प्रशिक्षक प्रभा भुजेलले गरेकी थिइन |  
पोखरा महानगर पालिकाद्वारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले आ.व. २०७९/०८० मा मन्टेश्वरी, सहायक सूचीकर, प्लम्बीन्यंग, कम्युटर हार्डवयर, मेसन गरी  छुट्टा छुट्टै समूहका छोटो अवधिको तालिम सञ्चालन गरेको थियो।

20 March 2023