×
Home
Downloads
Contact Us
Flash News
News
गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल सिफारिस

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल सिफारिस

पोखरामंसिर ११

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक छनोट सिफारिस समितीको मिति २०८२–०८–०६ गतेको निर्णय अनुसार निर्देशक पदका लागि तिन जनाको नाम पोखरा महानगरपालिकामा सिफारीस गर्ने निर्णयको योग्यताक्रमको आधारमा क्रमस: डा. टेकनारायण पौडेलसरोज अधिकारी र यज्ञ प्रसाद पराजुलीको नाम सिफारिस गरेको थियो | सोहीअनुसार पोखरा महानगरपालिकाको ५७ औँ कार्यपालिकाको बैठकबाट गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक पदमा डा. टेकनारायण पौडेललाई चयन गर्ने निर्णय गरेको छ 

गण्डकी बहुप्राविधिक शिक्षालयमा निर्देशक पदमा रहेका लक्ष्मण तिमिल्सिना गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा निर्देशक पदमा सिफारीस भए पश्चात् रीक्त रहेको शिक्षालयको निर्देशकको जिम्मेवारी ६ महिना अघी देखि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षालाइ स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी सँगको सहकार्यमा पोखरा महानगरपालिकाले संचालन गर्दै आएको छ । शिक्षालयमा हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जील्लाबाट समेत गरि करिव ४०० जना बिद्यार्थी अध्ययनरत छन् । शिक्षालयमा डिप्लोमा तहका इन्जिनीयरिङ (सिभिल र अटोमोवाइल) स्वास्थ्य कार्यक्रम तर्फ फार्मेसी र सामान्य चिकित्साबन विज्ञान र प्रि–डिप्लोमा तर्फ बाल विकास सहजकर्ता र सिभिल इन्जिनियरिङ्गका अन्तर्गत बिभिन्न ८ वटा विषयमा अध्यापन भइरहेका छन् ।

27 November 2025