गण्डकी बहुप्राविधिक शिक्षालयको नवआगन्तुक विद्यार्थीलाई स्वागत एव्ं पुरानालाई विदाई साथै सम्मान कार्यक्रम सम्पन्न |
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र पोखरा महानगरपालिको साझेदारीमा सञ्चालित गण्डकी बहुप्राधिक शिक्षालयमा शैक्षिक वर्ष २०८२/८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा २०७९/८० मा भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । 
गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक डा. टेकारायण पौडेलको अध्यक्षताका भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालको विशेष उपस्थितिमा नवआगन्तुक विद्यार्थीलाई शिक्षालयमा स्वागत र पुराना विद्यार्थीलाई विदाई गरिएको हो । कार्यक्रमका स्वागत मन्तव्य शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

साथै उक्त कार्यक्रमका विच पोखरा महानगरपालिकाका पुर्व मेयर मानवहादुर जि.सी लाई विशेष सम्मान गरिएको थियो । भने शिक्षालयकै पुर्व निर्देशक लक्ष्मण तिमिल्सिनालाई शिक्षालय बर्ष सम्मान २०८२ बाट सम्मानित गरिएको थियो । साथै उक्त कार्यक्रममा सिभिल ईन्जिनियरिङको कार्यक्रम संयोजकका रूपमा रही विद्यालयलाई इन्जिनियरिङ तर्फ उत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुुहुने ई. मनोज पौडेललाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, गण्डकी प्रदेशका उप निर्देशक डा. मिना भट्ट, पोखरा महानगरपालिका वडा नं २९ वडा अध्यक्ष श्रीप्रसाद गुरूङ्ग, सञ्चालक समिति सदस्य प्रा.डा सरस्वती न्यौपाने शर्मा, छत्रधर आत्रेय, शेखरनाथ शर्मा, लेखा अधिकृत रविन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरी महानगरद्वारा सञ्चालन गरिएको शिक्षालयमा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्साका कक्षा सञ्चालनमा छन् ।
यस्तै प्रि-डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, पूर्व सिकाइको मान्यताको सीप परीक्षण, टायल तथा मार्बल फिक्सरका सीप परीक्षण, बिल्डिङ् कन्स्ट्रक्सन, बिल्डिङ् पेन्टर सीप परीक्षण र विद्यालय तहमा आधारभूत प्राविधिक शिक्षा एव सीप हस्तान्तरणको लागि छोटो अवधिका पाठ्यक्रम समेत लागू गरिएको छ ।





शिक्षालयमा हाल चार सय भन्दा बढी विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । शिक्षालयको शैक्षिक प्रगति देशभर सञ्चालित प्राविधिक शिक्षालय मध्ये उत्कृष्ट रहेको छ ।
छोटो अवधिको तालिमपश्चात् ५० प्रतिशत भन्दा बढी विद्यार्थी व्यावसायिक क्षेत्रमा आबद्ध भएका छन् ।
राष्ट्रिय सीप परीक्षण केन्द्रको परीक्षामा कुल सहभागिताको ९० प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।
प्रमुख प्रशाकिय अधिकृत अर्यालले समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तनसहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा सकारात्मक प्रभाव बढाउन पोखरा महानगर प्रतिवद्द रहेको र सोही अनुसारका कार्यक्रम सञ्चालनमा जोड दिइएको बताउनु भयो।
सिटिईभिटीका उप निर्देशक डा मिना भट्टले प्राविधिक शिक्षाको विकासमा गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा, उल्लेखनीय योगदानकर्ता बनेको र प्राविधिक शिक्षाले नयाँ पुस्तालाई परिवर्तनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै राष्ट्रलाई आधुनिक अर्थतन्त्रतर्फ धकेल्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालक समिती सदस्य प्रा. डा सरस्वती न्यौपाने शर्माले दक्ष जनशक्ति उत्पादनमार्फत आत्मनिर्भरता, रोजगारी, उद्यमशीलता र दिगो विकास सम्भव हुन्छ र यस अभियानलाई गण्डकी बहुप्राविधिक शिक्षालयले हातेेमालो गर्दै अगाडि बढेको बताउनु भयो ।






उनका अनुसार आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङ विषयको कक्षा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदलसमेत गठीत गरिएको र सोही अनुसार काम सुरू भएको छ ।
शिक्षालयका निर्देशक डा. टेकनारायण पौडेलका अनुसारका हाल सम्म डिप्लोमा इन अटोमोवाईल, सिभिल, जियोमेटिक्स, सिभिल इन्जिनियरिङका र बन विज्ञानमा जम्मा २१४ जना विद्यार्थी पास आउट भइसकेका छन् भने कार्यक्रमका विच २०७९/८० का ८० जना विद्यार्थीलाई शिक्षालयले बिदाइ गरेको छ ।
कार्यक्रम सञ्चालन विद्यार्थीहरू सविन विश्वकर्मा, प्रसिद्दी ओझा, वन्दना लम्साल र शाहिल थापा मगरले गरेका थिए भने सोको सहजिकरण शिक्षालय प्रमुख सरोज अधिकारीले गरेका थिए ।
21 December 2025