निर्देशक पदपूर्ति सम्बन्धी अत्यन्त जरुरी सूचना
(प्रथम पटक सूचना प्रकाशित
: मिति २०८२/०७/१६ गते, आइतबार)
विज्ञापन नं. ०१ - ०८२/०८३
गण्डकी बहुप्राविधिक शिक्षालयको शिक्षालय प्रमुख, निर्देशक पदको लागि संख्या १(एक) र देहायको योग्यता भएको व्यक्तिहरु मध्येबाट छनौट गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दिनको २:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्य–विवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट www.pokharagpi.edu.np वा www.pokharamun.gov.np बाट उपलब्ध हुनेछ ।
तपशिल
| क्र.स. | पद | संख्या | आवेदन दस्तुर | कैफियत |
| १ | निर्देशक | १ जना | २००० |
२. आवश्यक शैक्षिक योग्यता र अनुभव :
क)
नेपाली नागरीक
ख)
न्यूनतम शैक्षिक
योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट
स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।
ग) विद्यालय,
शिक्षालय वा समान स्तरका शिक्षण संस्था वा नेपाल सरकारको कुनै निकायमा कम्तिमा ५ बर्ष
शैक्षिक वा प्रशासनिक अनुभव भएको हुनुपर्नेछ
।
घ) ३०
वर्ष उमेर पुरा भई ५८ वर्ष ननाघेको हुनुपर्नेछ ।
ङ) अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको हुनुपर्नेछ
।
च) दरखास्तमा साथ संलग्न
गर्नुपर्ने कागजात: उम्मेदवारको
व्यक्तिगत विवरण(Bio-Data), शैक्षिक
योग्यताको प्रमाणित प्रतिलिपि,
नेपाली नागरिकताको प्रमाणपत्रको
प्रमाणित प्रतिलिपि, अनुभवको
प्रमाणित प्रतिलिपि तथा
प्रचलित नेपाल कानून
बमोजिम विभिन्न काउन्सिल
वा परिषद् वा
अन्यमा दर्ता हुनु पर्ने भएमा
सो दर्ता भएको प्रमाणित प्रतिलिपि
तीन/तीन
प्रति संलग्न हुनुपर्नेछ ।
पेस गरिने सबै
प्रतिलिपिको पछाडी उम्मेदवार
स्वयंले हस्ताक्षर गरी
प्रमाणित गर्नुपर्नेछ । साथै, दरखास्तको
साथमा तीन प्रती पाँच बर्षीय रणनीतिक कार्ययोजना र तीन प्रति आर्थिक कार्ययोजना संलग्न
गर्नुपर्नेछ ।
छ) दरखास्त पेस गर्ने स्थान: गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा-२९,
भण्डारढिक |
ज) बैंक खाता बिवरण : ३०२०१००३०२०३३२०७ (गण्डकी बहुप्राविधिक
शिक्षालय), राष्ट्रिय बाणिज्य बैंक |
सदस्य सचिव
निर्देशक छनौट समिति
निर्देशकको काम, कर्तब्य र अधिकार
निर्देशक पदपूर्तिका लागि आवेदन फारमको लागि यहाँ यो लिंकमा क्लिक गर्नुहोस् |
-
This is the document that can be downloaded.