×
Home
Downloads
Contact Us
Flash News
Career
सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना |

(प्रथम पटक सुचना प्रकाशित मिति : २०८१/११ /०८, गते विहीबार  )

विज्ञापन नं. ०२ - ०८१/०८२

गण्डकी बहुप्राविधिक शिक्षालयका  लागी  विविध पदमा देहायको संख्या र योग्यता भएका कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दिनको ३:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्वन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फाराम, दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालय वा वेवसाइट www.pokharagpi.edu.np/ बाट उपलब्ध हुनेछ ।

तपशिल

क्र.सं.पद नामतहसंख्याआवेदन दस्तुरआवश्यक न्युनतम योग्यता
ब. प्रशिक्षक, गणित 

प्रशिक्षक (अ. सातौं)

१०००सम्बन्धित बिषयमा स्नातकोत्तर उतिर्ण
प्रशिक्षक, अटोमोवाइल प्रशिक्षक (अ. छैठौ )१०००मेकानिकल वा अटोमोवाइल इन्जिनियरींग विषयमा स्नातक उतिर्ण 

 न्युनतम योग्यता :

१.  नेपाली नागरिक ।

२.   २१ बर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको हकमा ४० बर्ष)

३.  नेपालमा प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

४. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ,शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि (आवश्यक भनिएको पदको हकमा अनिवार्य), अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

५.सेवा सुबिधा : शिक्षालयको नियमानुसार

६.छनौटको तरीका : लिखित तथा अन्तर्वार्ता

७. दरखास्त बुझाउने स्थान : गण्डकी बहुप्राविधिक शिक्षालयको कार्यालय, पोखरा २९ भण्डारढिक

८. राजस्व बुझाउनको लागी,

      कामना सेवा विकास बैंक, लेखनाथ शाखा,

      खाता नं.: ०१२००३००३४८१८४०००००१ (गण्डकी बहुप्राविधिक शिक्षालय/GANDAKI BAHUPRABIDHIK SHIKSHALAYA)

       सम्पर्क : ०६१-५६३०९७

   सम्पर्क मिति : २०८१/११/१८, गते आइतबार

संयोजक,

सेवा करार कर्मचारी छनौट सिफारिस समिति



आवेदन फारमको लागि तलको लिंक प्रयोग गर्नुहोला 


अटोमोवाईल तर्फको सेवा करार आवदेन फारम

गणित बिषयको सेवा करार आवेदन फारम

File Attachment
  • This is the document that can be downloaded.
Publish Date: 2025-02-20