×
Home
Downloads
Contact Us
Flash News
Career
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति गर्ने बारेको अत्यन्त जरुरि सूचना ।।।

गण्डकी बहुप्राविधिक शिक्षालयका लागि तपशिल बमोजिमको पदहरु सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकोले तपशिल बमोजिमको योग्यता भएको नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन २०७८।०६।१२ गते भित्र गण्डकी बहुप्राविधिक शिक्षालयको नाममा रहेको कामना सेवा विकास बैकको लेखनाथ शाखाको खाता नं. १२००३००३४८१८४०००००१ (GANDAKI BAHUPRABIDHIK SHIKSHALAYA) मा रु. १०००।– (अक्षरुपी एक हजार मात्र) राजस्व तिरेको रसिद सहित पोखरामहानगरपालिका शिक्षा महाशाखा ड्यामसाइडमा दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिलः

क्र.सं.

पद
विषय
माग संख्या
व.प्रशिक्षक, (अधिकृत स्तर सातौँ)
रसायन शाखा
प्रशिक्षक, (अधिकृत स्तर छैटौँ)
इन्जिनियरिङ्ग, सिभिल
प्रशिक्षक, (अधिकृत स्तर छैटौँ)
इन्जिनियरिङ्ग, अटोमोबाइल/मेकानिकल
प्रशिक्षक, (अधिकृत स्तर छैटौँ)
इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स

आवश्यक कागजातहरु

१. नेपाली नागरिक हुनुपर्ने ।

२. न्यूनतम योग्यता, नेपाल सरकार बाट मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा अधिकृत सातौँको हकमा स्नातकोत्तर अधिकृत स्तर छैटौँको हकमा स्नातक गरेको हुनुपर्ने ।
३. १८ वर्ष उमेर पूरा भई ४० ननाघेको हुनुपर्ने ।
४. अन्य प्रचलित कानुनद्वारा अयोग्य अयोग्य नठहरिएको ।
५. व्यवसायिक प्रमाणपत्र आवश्यक पर्ने भए काउन्सिलमा दर्ता भएको (प्रमाणपत्र)
६. सेवा सुविधाः नेपाल सरकार स्थानीय सेवाको प्रचलित नियम बमोजिम ।
७. छनौटको तरिकाः लिखित तथा अन्तर्वार्ता
८. सम्पर्क मितिः २०७८।०६।१३ गते (परीक्षा मिति सम्पर्क मितिमा तोकिनेछ ।)
९. दरखास्त फारम पाइने स्थानः शिक्षा महाशाखा ड्यामसाइड दरखास्तमा संलग्न गर्नुपर्ने कागजातहरुः
   - उम्मेदवारको व्यक्तिगत विवरण
   - शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरु
   - व्यावसायिक प्रमाणपत्र
   - आवश्यक पर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्र 
   - राजस्व तिरेको रसिद ।


अन्य जानकारीका लागि
शिक्षा महाशाखा
पोखरा महानगरपालिका
सम्पर्क नं.: ०६१–४६८०४३

File Attachment
  • This is the document that can be downloaded.
Publish Date: 2021-09-23