×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमको लागि आवेदन फारम भर्ने सूचना

सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको समन्वयमा शैक्षिक शत्र २०८१/८२ मा निःशुल्क संचालन गरिने प्रि-डिप्लोमा तह, २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम प्रि-डिप्लोमा इन सिभिल ईन्जिनियरिङ र प्रि-डिप्लोमा इन अटोमोवाईल ईन्जिनियरिङ कार्यक्रमको लागि आवेदन फारम बुझाउनको लागि यो सूचना प्रकाशित गरिएको छ ।


आवेदन फारम साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू :

स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो

SLC/SEE मा सहभागिता भएको प्रमाणपत्र प्रतिलिपि

नेपाल बाहेक अन्य मुलुकबाट SLC/SEE वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेका निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्रको प्रमाणित प्रतिलिपि



भर्ना हुनको लागि न्यूनतम योग्यताः

-   एस.एल.सी/एस.ई.ई परिक्षामा सहभागी

-   मानसिक र शारीरिक रूपमा सक्षम हुनुपर्ने

-   १६ बर्ष पूरा भएको नेपाली नागरिक


कार्यक्रमबाट हुने फाइदाहरूः

हातमा सीप र प्रि-डिप्लोमा तहको प्रमाणपत्र दुवै हुने

सरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर प्राप्त हुने

- उद्यमी बन्न सकिने


कार्यक्रम अवधिमा प्राप्त हुने सुविधाः

हाजिरीको आधारमा दैनिक रू. १००/- का दरले यातायात खर्च पाइने

पोशाक खर्च बापत प्रति वर्ष रू. ३०००/- प्राप्त हुने

औद्योगिक प्रशिक्षणको क्रममा न्यूनतम ज्यालाको २५% प्रोत्साहन रकम पाइने



2024-09-26