
बिषय : प्रवेश परिक्षाको नतिजा
प्रकाशन सम्बन्धमा |
उपरोक्त सम्बन्धमा यस शिक्षालयमा यसै शैक्षिक सत्र
२०७९/२०८० मा डिप्लोमा इन सिभिल इन्जिनियरिंग ,अटोमोवाईल इन्जिनियरिंग ,जियोम्याटिक्स
इन्जिनियरिंग र फरेस्ट्री कार्यक्रममा अध्ययनका लागि फाराम भरेका बिद्यार्थीहरुको
मिति २०७९-०५-१७ गते संचालित प्रवेश परिक्षा संचालन गरिएकोमा प्रवेश परिक्षामा
सहभागी बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ |सफल बिद्यार्थीहरुलाई नतिजा
प्रकाशन भएको मितिले ७ (सात) दिन २०७९-०५-२५ गते भित्रमा तपशिल अनुसारका कागजातहरु
सहित भर्ना शुल्क बुझाइ भर्ना हुनको लागि सुचित गरिन्छ |थप जानकारीको लागि यस
शिक्षालयमा सम्पर्क गरी जानकारी लिनुहुन समेत जानकारी गराइन्छ |
भर्ना हुदा पेश गर्नुपर्ने कागजात
१)
३ प्रति पासपोर्ट साइजको फोटो
२)
शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू २ प्रति
नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति