×
Home
Downloads
Contact Us
Flash News
NoticeDetails
१२ दिने कपडाको चप्पल बनाउने तालिम समापन

पोखरा महानगरले संचालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा पोखरा महानगरपालिका वडा न-१४ चाउथे, भवानी टोल महिला समुहको हलमा २०७९/०३/०४ गते बाट सुरु भएको १२ दिने कपडाको चप्पल बनाउने तालिम २०७९/०३/१६ गते एक कार्यक्रमका बीच समापन भएको छ | शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ६० घण्टा सम्म संचालन गर्ने तालिममा २० जना सहभागी रहेका थिए |


भवानी टोल महिला समुहकी अध्यक्ष कल्पना कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना, पोखरा महानगरपालिका नगर सभा सदस्यहरु श्री तनुजा थापा, श्री दिल कुमारी गुरुङ, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधीकारी, तालिम व्यवस्थापक सन्तोष शर्मा, शिक्षालय कर्मचारी अस्मिता खनाल लगाएत तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो |

स्थानीय उत्पादनलाइ बढुवा दिदै स्वरोजगारीका अवसर सृजना गर्ने गराउने उधेश्यले सिपमुलक तालिम संचालन गर्दै आएको शिक्षालयले बिद्यालय शिक्षा एस इ इ अध्ययन पश्चातको तिन बर्षे इन्जिनियरिंग तर्फको डिप्लोमा कोर्ष समेत संचालन गर्दै आएको छ |

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा ३ महिने मोटरसाइकल रिपेयरिंग तालिम, ECD सहजकर्ता तालिम ,सिलाइ कटाई तालिम ,स्थानीय बाजा बजाउने तालिम ,प्लम्बिंग तह एकका तालिम संचालन भइरहेका छन, जुन तालिममा छनौट भएका सहभागीहरुलाई कुनै शुल्क लाग्ने छैन,तालिममा प्रयोग हुने सामाग्री पूर्ण व्यवस्थापन गरीनेछ भने ३९० घन्टे तालिमको हकमा सिप परिक्षण परिक्षा अनिवार्य गरिएको छ  | सिप सिकिसकेपछी  आत्मनिर्भर बनाउनको लागि पोखरा महानगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम ,पोखरा उद्योग बाणिज्य संघ ,पस्चिमान्चल अटोमोवाइल डिलर्स एसोसिएसन,बुटिक एसोसिएसन लगायतका संघ सस्था संग समझदारी  गरिएको छ |


भवानी टोल महिला समुहकी  उपाध्यक्ष जानुका के.सी. ले स्वागत गरेको कार्यक्रमको संचालन भवानी टोल महिला समुहकी सचिब लक्ष्मी रानाभाटले गरेकी थिइन | कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका नगर सभा सदस्यहरु श्री तनुजा थापाले स्थानीय स्तरमा बनेका चप्पल निर्माणमा जोड दिदै बजारको ब्यबस्थामा पोखरा महानगर पालिका वडा न १४ ले सहजीकरण गर्ने कुरामा सहभागीहरुलाइ बिस्वस्त पार्नु भयो |


सन्तोष शर्मा तिमिल्सिना

गण्डकी बहुप्रबिधिक शिक्षालय

2022-06-30