
प्राविधिक शिक्षा बारेका बहस सुन्दा
हामीलाइ लागिहाल्न सक्छ कि प्राविधिकहरु बेरोजगार बन्नु पर्दैन । त्यस्तो होइन, प्राविधिक सीप भएका व्यक्तिले सानो ठूलो काम गर्नका
लागि उनीहरुको सीपले नै सक्षम बनाउने हो । केही गर्न सक्ने र केही गर्नका लागि सीप
र क्षमता प्रदान गर्ने प्राविधिक शिक्षाले मानिसलाई
मेहनतका लागि प्रोत्साहित गर्दछ । मेहनतमा विश्वास गर्ने प्राविधिक सीप भएको मानिस बेरोजगार बस्नुचाहिँ पक्कै पर्दैन ।
प्राविधिक शिक्षा भनेको मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरु परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा
तथा सामाजिक आवश्यकताहरु परिपूर्ति गर्ने शिक्षा हो । हाम्रो देश नेपाल विश्वका
अन्य कतिपय मुलुकको दाँजोमा आर्थिक दृष्टिले, विकास
निर्माणका दृष्टिले, रोजगारीका अवसरका दृष्टिले निकै
पछाडि परेको छ । यसको एउटा पक्ष रोजगारीका अवसर कम हुनु हो । धेरैजसो मानिस
बेरोजगार छन्, जतिले रोजगारी पाएका छन्, ती पनि पूर्णकालीन नभई अर्धरोजगार छन् । जब व्यक्तिको आय नै कम छ भने जीवन
स्तर राम्रो हुने कुरै भएन । मानिसले आफूलाई पूर्ण रोजगार बनाउन नसक्नुको एउटै
कारण प्राविधिक शिक्षाको अभाव हो । यदि व्यक्तिमा
प्राविधिक ज्ञान छ भने उसले बिना काम समय खेर फाल्नु पर्दैन । प्राविधिक शिक्षा
दिने विद्यालय एवं विश्वविद्यालयको संख्या बढाउनुपर्ने देखिन्छ । प्राविधिक धारका
विद्यार्थीलाई केन्द्रीत गरी प्राविधिक विश्व विद्यालय सञ्चालन, सैद्वान्तिक र प्राविधिक शिक्षाको अनुपात २०:८० पुर्याउने नीतिलाइ सार्थकता दिनु जरुरी देखिन्छ ।
नेपालमा प्राविधिक शिक्षाको महत्व
नेपालको सन्दर्भमा प्राविधिक शिक्षाले विभिन्न कारणले महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा प्राविधिक शिक्षाको महत्वलाई उजागर गर्ने केही मुख्य बुँदा यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।
१) सीप विकासः प्राविधिक शिक्षा विभिन्न उद्योग र पेशामा प्रत्यक्ष रूपमा लागू हुने व्यावहारिक सीप र ज्ञान प्रदान गर्नमा केन्द्रित हुन्छ । नेपालमा, जहाँ इन्जिनियरिङ, सूचना प्रविधि, कृषि, पर्यटन र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा दक्ष पेशाकर्मीको आवश्यकता बढ्दै गएको छ, त्यहाँ प्राविधिक शिक्षाले दक्ष जनशक्ति विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । प्राविधिक शिक्षाले केही गर्न र केही बन्नको लागि सहयोगीको भूमिका खेल्नेछ ।
२) रोजगारीका अवसरः प्राविधिक शिक्षाले व्यक्तिलाई रोजगार बनाउन अहम् भूमिका खेल्ने गर्दछ । बजारको माग पूरा गर्न आवश्यक सीप र विशेषज्ञता प्रदान गर्दछ । नेपालको सन्दर्भमा बेरोजगारी दर उच्च छ, प्राविधिक शिक्षाले व्यक्तिलाई विशेष सीपहरू विकास गर्ने अवसर प्रदान गर्दछ । केही गर्नका लागि प्रोत्साहित गर्छ । विश्व बजारमा सहज बिक्ने खालको जनशक्ति उत्पादनमा सहयोग पुर्याउँछ ।
३) आर्थिक वृद्धिः विश्व परिवेशलाई नियाल्दा जुन देसमा प्राविधिक शिक्षा प्रणाली सबल छ, त्यो देशको आर्थिक वृद्विदर सन्तोषजनक रहेको देखिन्छ । बलियो प्राविधिक शिक्षा प्रणालीले देशको समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउँछ । यसले नवप्रवर्तन, उत्पादकता र प्रतिस्पर्धात्मकता लाई चलाउन सक्ने दक्ष जनशक्ति उत्पादन गरेर उद्योग र क्षेत्रहरूको विकासलाई सक्षम बनाउँछ । नेपालमा प्राविधिक शिक्षाको प्रवर्द्धन ले आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र विभिन्न क्षेत्रमा विदेशी विशेषज्ञता माथिको देशको निर्भरता घटाउन मद्दत गर्न सक्छ ।
४) उद्यमशीलता र नवप्रवर्तनः प्राविधिक शिक्षाले समस्या समाधान, रचनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गरेर उद्यमशीलताको मानसिकतालाई पोषण गर्छ । यसले व्यक्तिलाई आफ्नो व्यवसाय सुरु गर्न वा अवस्थित उद्यमहरूको विकासमा योगदान दिन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्दछ । प्राविधिक शिक्षाको प्रवद्र्धन गरेर नेपालले उद्यम शीलता र नवप्रवर्तनको संस्कृतिलाई बढावा दिन सक्छ, जसले रोजगारी सिर्जना र आर्थिक विकास गर्न सक्छ ।
५) पूर्वाधार विकासः प्राविधिक शिक्षाले नेपालको पूर्वाधारको विकास र मर्मत, सम्भारमा महत्वपूर्ण भूमिका खेल्छ । यसले दक्ष प्राविधिकहरू, इन्जिनियरहरू र निर्माण पेशेवरहरू प्रदान गर्दछ, जो सडक, पुल, भवनहरू, र अन्य पूर्वाधार परियोजनाको निर्माण, मर्मत, र सुधारका लागि आवश्यक छ । यसले समग्र विकासलाई सहयोग गर्छ र नेपाली जनताको जीवनस्तरमा सुधार गर्छ ।
६) विश्वव्यापी प्रतिस्पर्धात्मकता : बढ्दो अन्तरसम्बन्धित विश्वमा, नेपाललाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी रहन प्राविधिक शिक्षा आवश्यक छ । उच्च दक्ष पेशेवरहरू उत्पादन गरेर नेपालले अन्तर्राष्ट्रिय बजारमा भाग लिन, विदेशी लगानी आकर्षित गर्न र विश्व अर्थतन्त्रमा आफ्नो स्थान बढाउन सक्छ । नेपालमा प्राविधिक शिक्षाका फाइदाहरूलाई पूर्ण रूपमा प्राप्त गर्न पूर्वाधार, पाठ्यक्रम विकास, शिक्षक तालिम र उद्योग– प्राज्ञिक सहकार्यमा लगानी गर्नु महत्वपूर्ण छ ।
एसइईपछि के पढ्ने ?
वर्षौ देखि फलामे ढोका
मानिँदै आएको प्रवेशिका परीक्षा पछिल्लो समय माध्यमिक तहको परीक्षाको रुपमा एसइई
कक्षा १० को अध्ययनपछि लिइँदै आइएको छ । नेपालको संविधानले १२ कक्षा सम्मलाई माध्यमिक
शिक्षा भनेता पनि हामीले अझै पनि १० कक्षाको परीक्षा पछि आफ्ना बाबुनानीलाई कुन
विषय पढाउने भन्ने बारेमा छलफल गर्दै विषय
छनौटमा लाग्छौ, जसले आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउदै लग्नेछ भन्ने विश्वासमा अगाडि
बढेका हुन्छौ । नेपालको परिप्रेक्षमा प्राविधिक र सैद्वान्तिक शिक्षाको बीचमा खासै
भिन्नता नदेखिएकाले पनि प्राविधिक शिक्षाको सट्टा सैद्वान्तिक शिक्षामा नै अभिभावक
र विद्यार्थीको रुचि भएको देख्न सकिन्छ । हाम्रो पाठ्यक्रम केन्द्रीत शिक्षा
प्रणालीले मार्कसिट हेरेर विद्यार्थीको क्षमता मूल्यांकन गर्न सिकाएकाले गर्दा पनि
हामी यथास्थितिबाट बाहिर निस्कन नै सकेका छैनौ । ग्रेडमा उत्तीर्ण विद्यार्थीले
मानविकी या व्यवस्थापन पढ्न नपाउने भन्ने कुरा भने होइन । हाल आएर उच्च अंक ल्याएका विद्यार्थी विज्ञान पढ्ने ट्रेन्ड
नेपालमा पढेको छ । त्यसपछि अन्य विषय विद्यार्थी र अभिभावकको रुचिमा पर्ने गरेको देखिन्छ । हामीकहाँ उच्च शिक्षा कहाँ कुन
विषय अध्ययन गर्दा उपयुक्त हुन्छ भन्ने कुराको अध्ययन, परामर्श
लिई
विषय छनौट गर्ने हरु
भन्दा सुनेको भरमा र हल्लाको भरमा विषय छनौट गर्ने विद्यार्थी र अभिभावकको संख्या समेत ठूलो नै छ
। प्राविधिक शिक्षाको आवश्यकता छ भन्ने कुरा थाहा हुदाहुदै पनि हामीमा हुर्किएको
जागिरे मानसिकताले
मेहनत गर्नुपर्ने विषयको रुपमा पछिल्लो समय प्राविधिक शिक्षालाई
तुलना गरिदिएको छ । विद्यार्थीको रुचि प्राविधिक शिक्षामा खासै देखिँदैन । जसका
केही प्रमुख कारण यस प्रकार राख्न सकिन्छ ।
१) प्राविधिक शिक्षा
व्यवस्थित बनाउन नसक्नु
२) परीक्षा प्रणाली
झन्झन्टिलो, नतिजा समयमा नहुनु
३) सिटिइभिटीका पाठ्यक्रम
सैद्वान्तिकता केन्द्रीत हुनु
४) क्रेकिट ट्रान्सफरको
व्यवस्था नहुनु
५) विद्यार्थी उत्तीर्ण
दर ज्यादै न्यून हुनु
६) प्राविधिक विश्वविद्यालय सञ्चालन नहुनु, तीन वर्षे डिप्लोमा पढेको विद्यार्थीले पनि ४ वर्षे स्नातक पढ्नुपर्ने बाध्यता ।
७) सिटिइभिटी
विश्वविद्यालयबाट प्रभावित बन्नु
८) सामाजिक चिन्तन र
नकारात्मक सोचको विकास हुनु आदि ।
यी सबै सामान्य अवरोधलाई
व्यवस्थापन गर्न सकेर अगाडि बढ्दा नेपालले आफूलाई चाहिने जनशक्ति नेपालमै उत्पादन गर्न सक्ने थियो । भारतको अर्थतन्त्रमा
७ औ रेमिट्यान्स सहयोग गर्ने देशको सूचीमा
नेपालले आफूलाई उभ्याएको छ । यो कुरा झट्ट हेर्दा अस्वभाविक लागेता पनि सत्य हो । यसर्थ
हामीले देशमा उत्पादन वृद्धि गर्नका लागि पनि आवश्यक जनशक्ति उत्पादनमा जोड दिनु
जरुरी छ, जसका
लागि प्राविधिक शिक्षा सहयोगी बन्ने नै छ । आव २०८०/२०८१ देखि नै सिटिइभिटी
अन्तर्गतका आंगिक प्राविधिक शिक्षालयहरु प्रदेश सरकार मातहत हस्तान्तरण हुँदै छन्
भने प्राविधिक शिक्षाको विस्तारका लागि नेपाल सरकारले स्थानीय तहको साझेदारीमा आंगिक
साझेदार शिक्षण संस्था, टेक्स विद्यालय तथा कक्षा ९–१२ को
अवधारणामा शिक्षा विभागले प्राविधिक शिक्षा सामुदायिक बिद्यालयमा दिने व्यवस्था
गरेका छन् । यस कार्यले समेत प्राविधिक शिक्षाको विस्तारमा टेवा पुर्याएको छ ।
नेपालको परिप्रेक्ष्यमा स्वास्थ्य तर्फका प्राविधिक कार्यक्रम बाहेकको हकमा विद्यार्थीको रुचि खासै देखिँदैन । यसका लागि राज्य स्तरबाट आवश्यक जनशक्तिको विवरण र उत्पादन लक्ष्य सहितको योजना तयार गरी लागू गर्नु जरुरी छ । सिटिइभिटीले यस शैक्षिक सत्र देखि विद्यार्थीको निरन्तर मूल्यांकन गर्ने कार्यलाई प्रभावकारी बनाउन लागेको छ । जसले गर्दा प्राविधिक शिक्षाका विद्यार्थी सैद्वान्तिक पाटोलाई मध्यम नजर लगाउँदै प्रयोगात्मक कार्यमा उत्कृष्टता हासिल गर्न सक्नेछन् ।
सिटीइभिटी अन्तर्गत पढाइ हुने बिषयमा एसइई पश्चात भर्ना हुनका लागि तपशिल बमोजिमको न्यूनतम योग्यता आवश्यक देखिन्छ । भर्ना हुनका लागी आवश्यक न्यूनतम योग्यता डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृति वितरण तथा भर्नासम्बन्धी निर्दे शिका २०७९ बाट लिइएको हो । यसका साथै राज्यले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच वृद्धि गर्नका लागि विविध सहुलियत छात्रवृत्तिको व्यवस्था गरेको छ । कतिपय कार्यक्रममा निशुल्क अध्ययनको व्यवस्था र रोजगारीको ग्यारेन्टी हुँदा पनि बिद्यार्थीहरु त्यसका लागि तयार हुन नसकेको देखिन्छ । यसले बजारको माग र हाम्रो उत्पादीत जनशक्ति बीचमा तालमेल मिल्न नसकेको देखिन्छ ।