×
Home
Downloads
Contact Us
Flash News
Career
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धमा ।

 

(प्रथम पटक सुचना प्रकाशित मिति : २०७९ /०४ /१५, गते आइतवार  )

विज्ञापन नं. ०१/०७९/०८०

गण्डकी बहुप्राविधिक शिक्षालयका  लागी  विविध (पद) को रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात)मिति २०७९/०४/२२ गते  भित्र दिनको २:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट www.pokharagpi.edu.np  बाट उपलब्ध हुनेछ ।


तपशिल

क्र.सं.
पद नाम
  तह
संख्या
आवेदन दस्तुर
आवश्यक न्युनतम योग्यता

अटोमोवाइल, प्रशिक्षक
प्रशिक्षक (अ. छैठौं)

१०००
मान्यता प्राप्त विश्वविद्यालयवाट अटोमोवाइल वा मेकानिकल इन्जिनियरिङमा स्नातक उतिर्ण
सवारी चालक (बस)
सहायक स्तर पाचौ (प्राविधिक )

५००बस चालक अनुमति पत्र भएको
बस सहयोगी
श्रेणीविहिन
३००साधारण लेखपढ ,मोटर साइकल चालक अनुमति पत्र भएको
कार्यालय सहयोगी
श्रेणीविहिन
1३००साधारण लेखपढ

२. न्युनतम योग्यता :

१.  नेपाली नागरिक ।

२.  क्रस १ ,३ र ४ को हकमा २१ बर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको हकमा ४० बर्ष) , चालकको हकमा बस चालक अनुमति पत्र भएको ,कम्तिमा पाच बर्ष बस चालकको अनुभव भएको

३  नेपालमा प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

४. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि (आवश्यक भनिएको पदको हकमा अनिवार्य), अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

५.सेवा सुबिधा : शिक्षालयको नियमानुसार

६.छनौटको तरीका : क्र.सं. १ को हकमा लिखित तथा अन्तर्वार्ता ,क्र.सं. २ को पदमा प्रयोगात्मक ट्रायल एव अन्तर्वार्ता ,क्र.सं. ३,४ को पदको हकमा अन्तर्वार्ता ।

७. दरखास्त बुझाउने स्थान : पोखरा महानगरपालिका शिक्षा महाशाखा, ड्यामसाइड पोखरा

८. बैंक बिवरण, कामना सेवा विकास बैंक, लेखनाथ शाखा, ०१२००३००३४८१८४०००००१ (गण्डकी बहुप्राविधिक शिक्षालय)

सम्पर्क : ०६१४५८०८२

सम्पर्क मिति : २०७९/०४/२३  गते सोमवार

संयोजक, सेवा करार कर्मचारी छनौट सिफारिस समिति

File Attachment
  • This is the document that can be downloaded.
Publish Date: 2022-07-31